झ्यालमा बसेर कोइलीले 
कुहुकुहु गाईरहदा 
गुलाफहरू धकमक्क फुलेर
सुगन्ध छरिरहदा
तिमी यसै नमुस्कुराइदिनु है 
(फेरि म कहि …! 
तिम्रै मुस्कानमै हराइदिन्छु)२
बर्षा यामको छनछन 
झरीको थोपाहरुसंगै 
मन चन्चल भइरहदा
सिरसिर बतासले, कपाल उडाई 
यसै जिस्काईरहदा
तिमी किताबबाट, घरीघरी 
नजर उठाई यसै नहेरिदिनु है 
(फेरी म कहि …!
तिम्रै आँखामा डुबिदिन्छु)२
जुनेली रातको, तहतह जून
बादलसॅंगै लुकिछिपी गर्दा
रातको गहिरो सन्नातामा 
झ्याउकिरीले सॅंगीत भर्दा 
तिमी झिलिमिली जुनकिरी बनी
मेरो अघि पछि नआउनु है 
(फेरी म कहि …!
तिम्रै साथमा बहकिदिन्छु)२
गोधूलि साझमा 
निलो आकाशले 
सुनौलो रंग फेरिरहदा 
चौतारा छेउको क्याफेमा 
प्रेमिल वसन्त छाइरहदा 
तितो तितो कफीको स्वादमा 
तिमी मिठो कुरा नगर्नु है 
फेरी म कही …!
तिम्रै गफमा भुलिदिन्छु
फेरी म कहि 
आफैलाई नै भुलिदिन्छु
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.
 
	
Ramro lagyo
Thank You 🙂
Good 👍. Liked much. Keep it up.
Thank you sir 🙂
मुटुको गाहिरो भागले ले छोय्यो मित्र
Thank you sathi 🙂