कति व्यस्त प्रकृति,
हावा निरन्तर बहिरहेछ,
घाम झुल्किरहेछ,
मौसम बदलिरहेछ,
ऋतु फेरिरहेछ,
नदी बगिरहेछ,
जुन चम्किरहेछ,
तर मेरो,
सोचाई हरू डैडिरहे पनि,
पाइला किन जहिकातही?
सपनाहरु खप्तिरहे पनि,
सब किन निराकार?
सोचहरु बदलिरहे पनि,
अवस्था किन जहिको त्यही?
यात्रा गरिरहे पनि,
गन्तव्य किन अधुरो?
कतै
मेरो समय त रोकिएको छैन?
या त घडी नै स्तब्ध भैदियो?
कि समय नै उचित छैन?
अनुमान गर्छु,
कतै म जस्तै प्रकृति रोकिदिए?
हावाले बहन छोडिदिए?
दिन र रात एउटै भइदिए?
मौसम नबद्लिदिए?
रङ्ग बिहिन बन्ने थिए प्रकृति, अनि
अस्तित्व बिहिन बन्ने थिए सृष्टि,
यद्दपी मेरो प्रयास को के मूल्य?
यो गन्तव्यहिन यात्राको के सार?
र धमिलो सपनाको के रहस्य?
अनि त्यो मौनताको नि, के अर्थ?
बताईदेउ न
ती प्रश्नको उत्तर,
अनि देखाइदेउ न
सहि गन्तव्य,
त्यो सुन्दर झरनाले
छनछन नाचको तालमा,
त्यो अतिथी कोइलीले
कुहु कुहु को मिठो धुनमा,
त्यो अदृश्य हावाले
चन्चले स्वाभावमा,
त्यो बदलिरहने ऋतुले
वसन्तको साथमा,
अनि सिङ्गो प्रकृतिले
असल गुरूको भावमा!!