माया हैन भ्रम (Poem)
गोधुली साँझ
सिमसिम पानी
हातमा छाता
कानमा ईयरफोन
त्यो हिलो ठाउँ
अचानक
चिप्लन्छ पाउ
छुट्छ छाता
तर थामिन्छ हात
मानौ कोही छ साथ
अपरिचित उ
परिचय अन्जान
नयन जुढ्छन्
अनि म दुब्छु
आँखा को गहिराइ मा
उसैमा हराउँछु अनायासै
एकाएक
छाउँछ वसन्त
सिरसिर बतासमा
कल्पन्छु उस्कै स्पर्श
जताततै उब्जन्छन्
नौलो तरङ्गहरु
खेल्छन् मनैभरि
अनेकौं भावनाहरू
र भरिन्छ आंखामा
मिठो सपनाहरु
तर ती सबै
अदृश्य, अनित्य
अनि काल्पनिक
हत्केलाको पानी झैँ
मुठ्ठी को हावाझै
निन्द्राको सपनाझै
डुङ्गा को पाईला झैँ
घाममा खेल्ने छाया झैँ
हराउँछ एकाएक
छुट्छन् नयनहरु
तोडिन्छ भ्रमहरु
फुट्छन् सपनाहरु
टुक्रिन्छ सम्बन्धहरू
अनि अन्तमा
मेतिन्छ यादहरू