हजारौँ मान्छेको भिडमा, तिम्रो उपस्थिति विशेष लाग्छ आवाजको कोलाहल भित्र तिम्रो आवाज सुमधुर लाग्छ खोई के रहस्य छ, त्यो मुस्कानमा यो मन हरपल त्यतै अल्झिरहन्छ
के देखाएर मात्र माया हुन्छ र? व्यक्त नगरे भावना बिलाई जान्छ र? हैन, माया त अदृश्य भावना हो नयन नयन बीचको संवाद हो ।
हो त्यसैले त, तिमी मेरो ओठले केही शब्द नबोले पनि आँखाको भाव आँखालेनै बुझ्नु है अनि तिम्रो सामु आउदा समुद्रझै शान्त देखिएपनि छालझै चञ्चल मेरो भावनाहरू तिमी सुस्तरी महसुस गर्नु है
चाहे, मौनतामा नै किन नहोस् या त बेमौसमी नै किन नहोस् तिम्रै लागि फक्रिरहनेछ यो मौन प्रेम सुस्तरी सुस्तरी अनन्तकाल सम्म ❤️