ए साथी,कडा परिश्रम गरेर
फलौँ न..फूलौँ न यही देशको मातोमा
जीर्ण तन र उदास मन,पोको पारेर
ओइलिन नजाउ न निष्ठुरी मरुभूमिमा
यही माटोमा नङ्ग्रा खियाउदै
परिवारकै साथ बसे हुन्न र?
पिज्जा र बर्गरको स्वादलाई बिर्सदै
ढिँडो र गुन्द्रुक खाए हुन्न र?
(बिलाउँनु त छ नै एक दिन)2
बरू तन, मन, र श्रम
यतै बिसाइदिए हुन्न र?
बाउ बाजेको पुस्ता त डुब्न लागे
अब देश बनाउने हामी नै हौँ
हिजोको नेतृत्व त थाकिसके,
अब राष्ट्र र राष्ट्रियता बचाउने
.........हामी नै हौँ
(अनि उ त्यो)2
बाँझो बन्दै गएको खेतबारी
पुनःउर्वर बनाउने पनि
हामी युवा नै त हौँ
हो,निरासै निरास को माहोल छ यहा
अस्थिर सरकार
प्रशासनमा ढीलासुस्ति
बेरोजगार
अनि दयनीय जीवनस्तर....!
तर
यी बीच पनि त जीवन सम्भव होला नि?
पुन:निर्माण गर्ने कुनै आधार त होला नि?
हामी पनि देशलाई,यस्तै छोडी गए
अरू को बस्छ?... अनि कस्ले सुधार्छ?
त्यसैले,आउ साथी
देशले खोजेको असल नेतृत्व बनौँ
निराशाबीच आशाको किरण छरौँ।
मातृभूमिलाई पुन हराभरा बनौँ
अनि
हराउन लागेको देशको पहिचान र
धल्न लागेको देशको अस्तित्व जोगाऔँ।
(यही आशामा कि)2
फेरी नेपाल, एक
शान्त र आत्मनिर्भर देश बन्नेछ
(अनि हाम्रो)2
"समृद्ध नेपाल सुखी नेपाली" को सपना
(अवश्य साकार हुनेछ)2