एक्लै छोडिएछुँ
समयको कोखमा म, एक अल्लारे ठिटो थिएँ रूप थियो, रङ्ग थियो नसा नसामा जोस थियो मनमा छुट्टै उत्साह थियो सपना पनि अथाह थियो अझ मुख्य त त्यो अमूल्य समयको गति मेरो आफ्नै बसमा थियो
तर एक दिन, मेरो पाइला गन्तव्यलाई चट्ट बिर्सेर स्वप्न बगैँचामा अडियो रङ्गीबिरङ्गी फुल्थे त्यहाँ दिउसै जूनकिरी झुल्थे त्यहाँ दुःख, पिडा, तनाव सबै शुन्य सुखै सुख मात्र फल्थ्यो त्यहाँ प्रत्येक दिन म अक्सर गल्लीहरूको जुवातास खेलमा भुल्थे अनि प्रत्येक रात म पल्लाघरे भट्टीतिरै झुम्थे त्यहा सपनाहरू धुवाँसँगै धमिलिन्थे रहरहरू जुवातासमै समेटिन्थे बाबाको गाली, आमाको उपदेश श्रीमतीको आँसु, छोरोको पुकार सबैसबै बेहोसीमै बिलाउथे समयले रफ्तार मार्यो भर्खर बिउझाउँदा, समय त पर पुगिसकेछ म आफू, एक्लै छोडिएछु अहँ, सबथोक पनि लुटिएछु आज म रित्तो छुँ समयदेखि हारेको छुँ रूप छैन, रङ्ग छैन जीउने कुनै सपना छैन हात समाउने साथ छैन अझ दिन बिताउने सम्झन योग्य बिगतको कुनै विशेष पल समेत छैन त्यसैले होला वर्तमानमा न रस छ न भविष्यको नै उत्साह छ त केवल जीर्ण तन, उदासी मन र पीडादायी एक्लोपन अझ, सताउछ पश्चातापले झन काश, बितेको समय फर्किने भए अमूल्य समयको रफ्तारमा छुटेको गन्तव्य पुग्न मन छ टुटेको सम्बन्धहरूलाई जोड्न मन छ मृत सपनाहरूलाई बिउझाउँन मन छ उराठ मेरो आँखाहरूलाई सबै रङ्गहरू चिनाउन मन छ चञ्चल मेरा पैतालाहरूलाई सँसारभर डुलाउने मन छ फिक्का यो जीवनमा सफलताको रङ्ग घोल्न मन छ अनि मान्छेको भिड देखि अलि पर एकान्तमा आफैसँग हराउन मन छ।
Follow Me on: YouTube, Instagram, WordPress, Twitter, and Facebook.