पर्खी बस्नु (Poem)
हिजो आज
तिम्रो नजरले छुँदै छुँदैन
छेउमै आए पनि
तरंगहरू छुट्दै छुट्दैन
कहाँ गए खै, १६ वर्षे उमेर!
कहाँ गए खै, लजालु ती नजर!
प्रेम कहानीले हैन…
सफलताको कहानीले पो
छुन्छ मन आजकाल!
तिम्रै बाटो कुरेर बस्दैन नयन,
दोबाटोमा पनि एक्लै तर्केर पो
हिँड्छ आजकाल…!
तिम्रै भरोसामा बस्दैन जोवन…!
देशकै लागि समर्पित छ यो मन।
बाँचौँला त भई, देशमै पौरखी,
मरौँला त भई, वीर गोर्खाली।
पर्खी बस्नु तिमी अर्को जुनी…!
बनी आउला म तिम्रै दुलही।
बनी आउला म तिम्रै दुलही।