सुख्खा नयन..! (Poem)
औँसीको अन्धकारमा
एकान्तको बासमा
म,म सँग मात्र हुँदा
नमिठो सम्झनाहरू
आकाशझै गर्जिएर
मनभरी चट्टान पर्छ
निराशाको बादलभित्र
गुम्सिएको एक रहर
चिच्याएर कराउछ
अनि बिरक्तिएको मन
उफ!यो त
निस्सासिदो झन
तर पनि
खै किन हो,आज
बर्षदैन यो
सुख्खा नयन..!
बरू निस्फिक्री
बर्षिदिए..
पखालिन्थ्यो नयन
हल्का हुन्थ्यो मन
हराउथ्यो
निरासाको बादल
अनि,झुल्किन्थ्यो
आशाको किरण
तर पनि
खै किन हो,आज
(बर्षदैन यो
सुख्खा नयन..!)2