सगरमाथा भन्दा अग्लो त्यो सपना
पखेटा फिजाइ चन्द्रमा छुने, मेरो रहर
यसै फुरफुर उड्ने यो चन्चल मन
अनि आफ्नै तालमा दौडिरहने समय
मेरो वर्तमान,
मरुभूमिमय खडेरीमा,
उम्रिदै गरेको पालुवा झै
यात्रामा आफै,
अलमलिएको दोबाटो झै
अनि समुन्द्र भेट्न,
यसै हत्तारिएको नदी झै
मनमा जोस छ, तनमा उर्जा छ
तर पनि गतिहिन, यात्रा विहीन
ऊ पर गन्तव्य निश्चित छ
तर थकित निरास दिशाहिन
न आशा, न त उत्साह
न प्राप्ति, न कुनै उपलब्धि
अत: शुन्य मन शुन्य समय
तर स्वतन्त्र यो
बेरोजगार उमेर
समाजले भन्छ,
यो त आवारा भो
परिवारले भन्छ,
यो त स्वार्थी भो
सपनाले भन्छ
यो त कायर भो
तर मनले भन्छ
यो नै त जीवन हो।
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.