एकबारको यो अमूल्य जीवनमा प्रतिस्पर्धाको दौड नहोस् तुलना गर्ने तराजु नहोस् अनि यात्रालाई अल्झाउने सीमित गन्तव्य पनि नहोस् म, यसै आवारा भई प्रकृतिको रङ्गमा भुल्दै सँसारभर बरालिन मन छ निस्फिक्री समयको जादुमा यसै बहकिन मन छ!
हिउँदको समयमा मौसम अलि ठन्डा होस् हातमा तातो कफी सँग सुनसान सडकमा, अलि हत्तारिदो गतिमा हिउँको मन्द वर्षासँगै यसै बहकिन मन छ निस्फिक्री हिउँझै यत्रतत्र बिलाउँन मन छ!
बर्षातको समयमा पानी जोडले चिच्याएर यसरी बर्सियोस् कि कोलाहल पनि मलिन बनोस् कानमा इयरफोन लगाएर मायाका गित धन्कियोस् अनि साधा क्यानभासमा कुचिहरूसँग, यसै बहकिन मन छ रातो, हरियो, निलो.... रङ्गिन दुनियाँमा यो फिक्का मनलाई यसै रङ्गिन मन छ!
फागुन चैतको खडेरीमा फुङ्ग उडेको ढुलो सँगै परपर सम्म पुग्न मन छ बेजोड हावाको रफ्तारमा बुढो रूखको पात संगै झरेर, यत्रतत्र छरिन मन छ सुख्खा खडेरी लागेको मनमा डढेलो संगै सल्किन मन छ अनि पालुवाको पर्खाइमा फेरी एकफेर बाच्न मन छ!
beautiful poet😊keep going