को सँग? (Poem)
हिजो
उ सँग मित लगाएँ
दोबाटोमै छुटेर गयो
उ सँगै प्रित लगाएँ
पुनः अस्ताएर गयो
मलाई एक्लो बनाएर
अनायासै
मलाई दुःखी बनाएर
आज
प्रकृतिसँगै मित लगाएँ
अनि मिठो प्रित पनि
प्रकृति
ऊ जस्तो निष्ठुर छैन
ऊ जस्तो बिलाउँदैन पनि
यो त म सँग सधै
यता उता जताततै
डुलिरहन्छ, पछ्याइरहन्छ
प्रेमी बनेर, जीवन बनेर❤️
अब, आफै भन,
म को सँग प्रित लगाउ?
तिमी सँग?
कि यो अपार प्रकृतिसँग?