Learn Bantawa (Rai) Language & Culture
Bantawa (Rai) Language:
सामान्य बोलचाल:
तिम्रो नाम के हो? – आम नङ दिओ?
तपाईको नाम के हो? – आम्नो नङ दिओ?
मेरो नाम सिता हो। – उङ नङ सिता।
तिमी कत्ति कक्षामा पढ्छौ? – खाना देम्का कक्षादा तखिप?
म कक्षा एकमा पढ्छु । – उम्का कक्षा एक दा पढेमुङा ।
तिम्रो घर काहाँ हो? – आम खिम खादा?
तिमी के काम गर्छौ? – खाना दिसु कामा तमु?
म शिक्षिका गर्छु – उम्का मिस मुङा।
तिमी काहाँ बस्छौँ? – खाना खादा तयुङ्ग?
म कामाण्डौँमा बस्छु। – उङ्का काठमाण्डौँ दा युङ्ङा।
तिमी के गर्न मन पराउछौँ? –खाना दे चमा आम नङा नु?
मलाई बल खेल्न मन पर्छ? – उङ्कालाई बला मेत्मा उङ्नङा नु।
तिम्रो आमाको नाम के हो? – आम्मा ओ अनङ्ग दिओ?
मेरो आमाको नाम सिता हो। – उङ्को उङ्मा ओ अनङ्ग सिता।
तिम्रो बाबाको नाम के हो? – आम्पा ओ अनङ्ग दिओ?
मेरो बुबाको नाम राम हो – उङ्पा ओ अनङ्ग राम।
तिमी कत्ति बर्षको भयौँ? – खाना देम्का बर्ष नबात्याङ्ग?
म १० बर्षको भएँ। – उङ्का १० बर्ष ओ लिसाङ्ग।
म तिमीलाई मन पराउछुँ। – उङ्का खानालाई नङा नुना ।
म तिमीलाई माया गर्छु – उङ्का खानालाई माया मेट्ना ।
क्रिया(Verb):
उठ्नु- थिन्मा
खानु- चामा
बोल्नु- हान्मा
गर्नु- मुमा
कुट्नु- धात्मा
कराउनु- रेन्मा
पिउनु- डुङ्मा
सुत्नु- ईम्मा
बोल्नु- हान्मा
हास्नु- ईमा
रूनु- खाप्मा
पढ्नु- खिप्मा
लेख्नु – छाप्मा
खेल्नु- खेला मुमा
कात्नु- धेत्मा
टिप्नु- लामा
मन पराउनु- नङा नुमा
डराउनु- कमा कात्मा
अल्छी लाग्नु- सोमा कात्मा
बिरामी हुनु- बिरामी लिमा
कोर्नु- खत्मा
धुनु- वासमा
बस्नु – युङ्मा
नुहाउनु – वाचाक्मा
बढार्नु – बक्मा
लड्नु – धाम्मा
सुध्नु – नाम्मा
फाल्नु – वेत्माखान्मा
बाच्नु – हङ्मा
हेर्नु – खाङ्मा
कुरा गर्नु – हान्मा
भन्नु – यङ्मा
सहयोग गर्नु – फामा
पर्खनु – हुङ्मा
लगाउनु – हुम्मा
जानु – खात्मा
यहाँ आउ – ओया बाना
सम्बोधन:
म- उङ्का
हामी- आनकान
उ- मो
तिमी- खाना
तपाई- खानानिन
ममि- आमा
बुबा- आपा
दिदी- नाना
काका- आबाङा
बुहारी- नाम्मित
सासु- छादिमा
ससूरा- छादिवा
मेरो- उङ्को
तेरो- आम्को
तपाईको- आम्नो
उनीहरूको- अचो
बजार- हत्या
उसको- मोसोओ
श्रीमती- बुरि
श्रिमान- बुरा
बोट विरुवा/फलफूल:
फूल- बुङ्वा
तितेपाती- सलवा
लालिगुराँस- दाकबुङ्ग
सल्ला- आङमा
बोट- ताङ
चिलाउने- याङसङ
बिलिम्सी-मालगिरि
कटुस- चकाग
काफल- चकचङ्सि
भक्किअमिलो- माहादा
बेसार- हर्दि
केरा- ङाक्सि
आप- आम्बा
अम्बा- अम्बका
आरू- बोङकोलोङ्ग
अनार- दारिम
तरूल- साकि
ऐसेलु- वेइसि
ओखर- खैसि
किम्बु- खेत्लाङ्बेत्रि
लप्सि-फिन्तुसि
सिस्नु- छोको
टमाटर- बेन्दासि
सुथुनि- ओगि
पिँडालु- याक
खोर्सानी- लोङ्गा
फर्सिको मुन्ता- फर्सिलिम
दिन:
आज- आई
भोलि- माङ्कोई
पर्सि- अक्षिन्तु
निकोर्सि- असुन्म्याक
हिजो- आख्वाङ्ग
अस्ति- आछ्छोसा
Body Parts:
अनुहार- ङालङ्ग
हात- छुक
खुट्टा- लाङ्ग
नाक- नाबु
आखा- मक
कान- नाबाक
जिब्रो- लेम
पेट- बुक
टाउको- ताङ
कपाल- ताङ्मा
सामान/निर्जीव वस्तु:
हसिया- कच्चे/कच्चिया
खुर्पा- कोम्बित
खुकुरी- डाबित
ओछ्यान- ईम्खा
अगेना- डाब्य
घर- खिम
बाटो- लाम
माटो- बाखा
ढुङ्गा- लुङ्ग
पानी- चाक्वा
जुन- जुना
तारा- साङ्केन्मा
दाउरा- सङ्ग
पैसा- फेक्वा
घर -खिम
जनावर/किरा फट्याङ्ग्रा:
कुकुर- कुतिवा
भैसी- साङ्वा
बिरालो- मुनिमा
मुसा- चत्य
कुखुरा- वा
माछा- ङा
सुङ्गुर- भाक
बादर- हेलावा
बाघ- किवा
वनकुखुरा - तक्वा
मौरी- सुन्वा
फट्याङ्ग्रा- दोम्माक
गँगटो- खेबाक
शँखेकिरा - भारी बोकुवा
Ladybird- बोमाक
Dragonfly - साङ्कालिदोम्माक
छिछिमिरा- मिन्चि
माकुरा- याघाङ्मा
कमिला - चकयङ्ग
मछर -कोङकोङ्मा
खानाको परिकार:
भात (Parboiled rice) - कोक
तिहुन (Curry) - खान
रोति (Sel roti) - सेला
नुन (Salt) - युम
पापड (Bread) - पेम्पाक
भटमास (Soybean) - खोङ्सोङ्ग
कोदो (Millet) - साम्पिचा
फापर (Buckwheat) - फाप्रा
Cultural Practices:
पित्र:
पित्र राई जातिको मुख्य पुजा हो। प्रत्येक घरमा एउटा कुनामा तिनवटा ढुंगा गाडिएको हुन्छ। जसलाई वरपर बार गरेर सुरक्षित राखिएको हुन्छ। यो नै उनीहरू को मुख्य पुजास्थल हो। यहाँ घरको ठूलो मान्छे बाहेक अरू जानु हुँदैन भन्ने मान्यता छ। पित्र बर्ष मा दुई चोटी गरिन्छ। घरको सबैभन्दा ठूलो मान्छे ले मात्र पुजा गर्न हुन्छ। जसलाई माङ्पा भनिन्छ। यदि माङ्पा अनुपस्थित भए धामिको माध्यमबाट पुजा सम्पन्न गरिन्छ। यो पुजामा मरेको आफ्नो पुर्खाहरूलाई पुजा गर्नुको साथै खाना पनि दिईन्छ। राई जातिमा घरको मान्छे मरेपछि उसको आत्मा त्यही पुजा चुलो मै बस्छ भन्ने विश्वास छ।
माङ्पा:
पित्रि पुजा गर्ने छोरा मान्छेलाई माङ्पा भनिन्छ। माङ्पा हजुुरबुबा हुन्जेल हजुुरबुबा बन्नुहुन्छ। उहाको मृत्यु पछि छोरा हुदै नाति तिर हस्तान्तरन हुदै जान्छ। माङ्पाले बाख्राको मासु खानु हुदैन र घरको अन्य सदस्यले खान मिले पनि माङ्चुला तिर जान मिल्दैन। कसै गरी यो नियम तोडेमा देउता रिसाउने र घर परिवारमा रोग व्याधि र सङ्कट आउछ भन्ने विश्वास छ।
यदि छोरा नभएको अवस्थामा भने छोरीले पनि पित्रि पुजा गर्न पाउछ। तर छोरी अविवाहित नै हुनुपर्छ भन्ने मान्यता छ। किनकि छोरीले विवाह गरेपछि माङबाट निकालिन्छ। जुन प्रकृयालाई बुलु बक्मा भनिन्छ।
पित्रि पुजा गरेसम्म मृतक पुर्खाहरु घरैभित्र खान पाउने र पित्रि पुजा गर्ने कोही नभएमा मृतक पुर्खाहरु अन्तै –देवा, साकेन्वा तिर मागेर खान्छन् भन्ने मान्यता रहेको छ।
माङ्चुला:
माङ्चुला भनेको राईहरुको पुजा गर्ने ठाउ होे। प्राय सबै राईहरुको घर भित्र एउटा कुनामा पुजा गर्ने ठाउँ छुट्याइएको हुन्छ। त्यो ठाउँमा तीन वटा ढुँगा गाडिएको हुन्छ जसलाई माङ्चुला भनिन्छ। ती ढुँगाहरु पुजा गर्ने घर मूलिले बाहेक अरु कसैले पनि छुन मिल्दैन। त्यसैले यसको वरपर बारिएको हुन्छ। यसको ढोका पुजा गर्ने समयमा बाहेक सधै बन्द नै रहन्छ। माङ्चुलामा सबै पुर्खा बस्न पाउदैनन्। एक पुस्ता (सासु ससुरा वा छोरा बुहारी) मात्र बस्न पाउछन्। एउटा पुस्ता मरेपछि अर्को पुस्ताले बिस्थापित गर्छ (जस्तो कि बुहारी मरेपछी सासुको ठाउँम बुहारी माङ्चुला बस्छ। अनि सासु अरु ठाउँ ( देवा, साकेन्वा) तिर मागिखान जानुहुन्छ।
साकेन्वा/चण्डी नाच/साकेला:
साकेन्वा वा चण्डी राई जातिको प्रमुख चाड हो। यो वर्षको दुई पटक मनाईन्छ। यसलाई उधौली उभौली पनि भनिन्छ। चण्डीमा चण्डी नाच नाच्नुका साथै विशेष पुजा पनि गरिन्छ। पुजारीलाई नाकछोङ्ग पनि भनिन्छ। नाकछोङ्गले अरुलाई फलाक्नुपनि हुन्छ। चण्डी नाच विभिन्न तरिकाले नाचिन्छ। कुनै छिटो छिटो चालमा नाचिन्छ त कुनै ढिलो चालमा।
चण्डी राई जातिको प्रमुख नाचँ हो । विशेष गरी यो उधौली र उभौली चाढमा नाचिन्छ। कहिले काँही पुजा र अन्य पर्वहरुमा पनि नाचिन्छ। साँकृतिक नाचँहरुमा पनि यसलाई मिसाइएको पाइन्छ। नाचँमा उपस्थित सबै जनाले गोलो आकारमा एकै किसिमले हात खुट्टा चलाई नाच नाचिन्छ। नाचकै सिलसिलामा पुर्खाहरुको नाममा गित पनि गाइन्छ जसलाई साकेला सिलि भनिन्छ। नाचको बीचमा स्याउलाको बोट गाडेर एउता पुजा स्थल बनाईएको हुन्छ जहाँ नागछोङ्गले पुजा गर्नुहुन्छ। पुजा गर्न ल्याएको सबै कुखुरा हरुलाई काटेर रगत चढाईन्छ र फेरी बाकी ल्याउने व्यात्तिलाई नै फिर्ता दिइन्छ।
चण्डी नाच्ने महिलाहरुले गुन्य चोली र पुरुषहरुले दौरा सुरुवालमा सजिएका हुन्छन्। किराना पसल र सानो तिनो होटेलहरु पनि सन्चालनमा हुन्छन्। केटाकेटीअहरु पनि साह्रै रमाउछन्।
वर्षमा एक चोटी उधौली काठमाडौको टुडिखेलमा पनि मनाइन्छ। यो दिनमा राई लगायत अन्य धेरै मानिसहरु भेला भएर मनाइन्छ । यहाँ सर्वसाधारण लगायत अन्य प्रख्यात व्याक्तिहरु पनि उपस्थित हुने गर्दछन्।
प्रत्यक गाउँमा छुट्टाछुट्टै नाकछोङ्ग हुन्छ। यदी कुनै गाउँको नाकछोङ्ग मरेमा अर्को नाकछोङ्ग ननिस्के सम्म त्यो गाउँको चण्डी रोकिन्छ।
नया नाकछोङ्ग कसरी छानिन्छ त?
नयाँ नाकछोङ्ग मान्छेले छान्ने नभइ यो भगवान बाट आफै चुनिने हुन्छ। जस्तो कि नाकछोङ्ग निक्लिन लागेको मान्छेको जिउ आफ्सेआफ कमाउने, बैलाउने, सपनामा दुःख पाउने जस्ता सँकेतहरु दिन्छ। नाकछोङ्ग निक्लिने मान्छेलाई त सपनामा भगवान आफै आएर ल बालिके
नाकछोङ्ग तलाई छाने भनेर पनि भन्छन् भन्ने मान्यता छ । यसरि निक्लेको नाकछोङ्गले म नै नाकछोङ्ग हो भनेर पाउदैन किनकी यसको लागि अर्कै निपुन धामि राखेर जोखाना हेराउनुपर्छ। जोखानाले सही ठहर्याएको खण्डमा मात्र निश्चित बन्छ। नयाँ नाकछोङ्ग निस्केपछि
चाहिन ढोल झ्याम्टा पनि नयाँ नै बनाउनु पर्छ। पुरानो सबै ढोल झ्याम्ताहरु बिस्थापित गर्नुपर्छ। सबै गाउँले मिलेर पैसा उठाएपछि त्यसले चाहिने सामान जोहो गरेर ढोल बनाउछन्। नाकछोङ्गले धामि झाक्रिको भुमिका पनि निर्वाह गर्ने गर्छ । जस्तो कि कोही बिरामी पर्यो भने
फलाकेर बिरामीको उपचार गर्ने गर्नुहुन्छ।
देवा:
देवा राई जातिले गर्ने एक प्रकारको पुजा हो। यो पुजा बर्षको एक पटक (असार वा साउन) मनाइन्छ। यो पुजामा गाउँको प्रत्येक घर बाट एक जना मानिस अनिवार्य रुपमा भेला हुनुपर्ने हुन्छ। यो समयमा नया बालि (फलफूल, अन्न) आदि पाक्दै वा छिपिदै अवस्थामा हुन्छ। त्यसैले उपस्थित सबै जनाले फलफूल लिएर आउछन्। यस पूजामा एक जना विशेष पुजारी बस्नुहुन्छ। पुजारीले एउटा भालेको टाउको काटेर सिन्काको भरमा मुख आ पार्नुहुन्छ। अनि त्यही मुखमा पुजा स्वरुप देवा आम दो होउओई भन्दै फलफूल चढाइन्छ। आम दो होउओई को मतलब मुख खोल्नुहोस् र देवाको अर्थ मरेको पुर्खाहरुको समूह भन्ने हुन्छ। फेरी सबै मरेका मान्छेहरु देवाको समूह भित्रै पर्छन् भन्ने होइन। यसमा पित्रिबाट प्रतिस्थापन भएका, पित्रिमा बस्न अयोग्य भएका र आफ्नो पित्रि पुज्ने सन्तान ( माङ्पा: छोेरा वा अविबाहित छोरी) नभएका मृतकहरु पर्छन्।
विवाह:
परापुर्वकालमा चोरी विवाह र मागि विवाह प्रचलनमा थियो। तर आजभोलि भने राई जातिमा प्रेम विवाह नै प्रचलित छ। रगतको नाता पर्ने र आफ्नो ग्रोत्र पर्ने मान्छे बाहेक जो सँगको विवाह पनि मन्जुर हुन्छ। यो समयमा अपबादमा एक दुई जनाको मागि विवाह बाहेक प्राय सबैको प्रेम विवाह नै भएको पाईन्छ। प्रेम गरेर भागि विवाह गर्छन्।
जाड र रक्सी:
जाड र रक्सी राई जातिमा नभई नहुने पेय पदार्थ हो । यो घरमा आएका पाहुना आफन्तजनहरुलाई सत्कार गर्न मात्र नभई भोजभतेर र पुजाँ आजा समेत प्रयोग गरिन्छ। राई समुदायमा अपबादमा एक दुई जना बाहेक सबै जनाले जाड रन्सी पिउछन्। अझ साना केटाकेटीहरुलाई समेत पिउन प्रेरित गरिन्छ। यो चलनले राई समुदायमा संस्कारको रुपमा जरा गाडेको छ। यदि कसैगरी जाड रक्सी खान इन्कार गरेमा ऊ माथि "त राई नै हैनस् कि क्याहो?" भन्ने जस्ता व्यङ्ग्य समेत प्रहार गरिन्छ। जाड रक्सी विशेष गरेर मकै, कोदो, धान, जस्ता अन्न प्रयोग गरेर बनाईन्छ। फलफूलको रक्सी पनि प्रचलनमा रहेको छ। राई समुदायका महिलाहरु एक दुई जना अपवाद बाहेक सबै जाड रक्सी बनाउनमा माहिर हुन्छन्।
जाड कसरी बनाइन्छ?
सुरुमा मकै र कोदो पकाइन्छ। त्यसपछि त्यसलाई सेलाउनको लागि राखिन्छ। सेलाईसकेपछि त्यसमा मर्चा राखिन्छ र मज्जाले सबेैतिर मिसाइन्छ। अनि एउटा डरम वा बत्तामा राखिन्छ र दुई तीन दिनसम्म नचलाई राखिन्छ। त्यसरी राखिसकेपछि मर्चामा भएको व्याक्टेरियाले उसिनेको अन्नलाई फरमेन्टेसन प्रकृयाबाट जाँडमा परिणत गरिदिन्छ । १, २ हप्तामा जाड बन्छ । यसलाई न्यानो पन चाहिने हुनाले हिउडमा भन्दा गर्मि याममा चाँडो जाँड तयार हुन्छ ।
रक्सी कसरी बनाइन्छ?
जाड प्रयोग गरेर नै रक्सी पनि बनाइन्छ। जत्ति छिपेको जाडँ हुन्छ त्यति नै कडा रक्सि बनिन्छ। त्यसले कलिलो जाड भन्दा कडा जाड नै प्रयोग गरिन्छ। रक्सी बनाउनको लागि सुरुमा एउटा ठूलो भाडो बसाउने। त्यसमा आवश्यक मात्रामा जाडँ र पानीको घोल राखिन्छ। त्यो भाडोमाथि खप्टाएर अर्को ठूलो माटोको भाडा राखिन्छ। त्यो भाडो पिधमा तीन वटा दुलो हुन्छ जहाँबाट जाडको बाफ तलबाट माथितिर फैलन्छ । सोहि ठूलो भाडा भित्र रक्सी भेला पार्ने एउटा सानो भाडा पनि राखिन्छ । भाडाहरुको सबैभन्दा माथि चै तामाले बनेको सानो भाडा राखिन्छ र त्यसमा भरि पानी राखिन्छ। यो पानी तलदेखि आएको वाफले गर्दा तातिने गर्दछ। पानी तातेपछि चै रक्सी बनिसकेको संकेत पाइन्छ। अत त्यसपछि बिचको भाडाभित्र रहेको सानो भाडाको रक्सी निकालिन्छ। रक्सी कडा भयो कि भएन भन्ने जाँच पनि सजिल्यै गर्न सकिन्छ। जस्तो कि रक्सी ठोरै झिकेर आँगामा राख्ने। यदि कडा रक्सी भएँ आगोमा मज्जाले बल्छ र हैन भने बल्दैन।
जाटो:
जाटो भनेको अन्न पिध्ने एक प्रकारको साधन हो । यो ढुङ्गाको बनेको हुन्छ। एउटा गोलो ढुङ्गालाई दुई टुक्रा पारिन्छ र माथिल्लो भागको ढुङ्गामा एउटा समाउन मिल्ने किला गाडिन्छ। ढुङ्गाको दुबै भागको मेल पत्ति सानो सानो चुच्चो बनाइन्छ जसले अन्न पिढ्न सजिलो बनाउँछ। नेपालको प्राय जसो गाउँहरुमा यसको प्रयोग यथावत नै छ। तर कुनै कुनै गाँउमा भने आधुनिक मिलले यसलाई बिस्थापित गरेको पाइन्छ। जाँटो बसेर पिढिन्छ। माथिल्लो पट्टिको ढुङ्गामा एउटा दुलो बनाइएको हुन्छ जहाबाट अन्नको दाना हालिन्छ। त्यसपछि, ढुङ्गामा गडिएको किलामा समाएर ढुङ्गालाई घुमाउने। एकै चोटि दुवै हात प्रयोग गर्न अप्ठ्यारो हुन्छ। बरु दुई जना मिलेर पिढ्दा गाह्रो हुदैन। ढुङ्गालाई घुमाएपछि अन्नको दाना टुक्रा टुक्रा परेर बाहिर निस्कन्छ। यसलाई निफन्नु आवश्यक छ।